पैसा बिनाको पूंजीबजार
गाँस, बास
र कपास मानिसका मुख्य आवश्यकताहरु हुन् । आजको सन्दर्भमा, संचार र सवारी पनि अपरिहार्य
भैसकेको छ । आजभोली यी दुई पनि हाम्रो जीवनको अभिन्न अंग नै भैसकेका छन् । तर यी सबका
लागि जरुरी छ, पैसा । पैसाको महत्वको विषयमा व्याख्या गरिरहन जरुरी नहोला । छोटकारीमा
भन्नु पर्दा यो पैसाकै युग हो किनभने आजको बजारमा पैसा बिना कहिं केहि पाईंदैन । यस्तो
अवस्थामा हामी पैसा बिनाको बजार कल्पना गर्न सक्छौं ? पैसा बिनाको
बजार कस्तो होला ? तर, मेरो दृष्टिकोणमा भने बजारमा पैसा नहुँदा संसार अझ सुन्दर, शान्त
र सुखमय हुन्छ ।
मानौं, एक
व्यक्ति एउटा स्टोरमा जान्छ, आफूलाई आवश्यक सामग्री लिन्छ र सरक्क फर्किन्छ । बालबच्चाको
विद्यालयलाई फिस तिर्नुपर्दैन । एउटा बिरमीलाई जचाउन लग्दा सवारी खर्च पनि लाग्दैन
र उपचार गर्ने हस्पिटलमा पैसा बुझउने काउन्टर नै हुँदैन । सबै मानिसको हातमा नयाँ मोडलको
मोबाइल, घरमा टि.भी, कम्प्यूटर, फ्रिज, सवरी आदि छन् । कोही बेरोजगार छैन र कसैलाई
पैसाको आवश्यकता छैन । कोही पनि पैसाको लागि कुनै अपराध गर्न इच्छुक वा बध्य छैन ।
हिंजोसम्म पैसा कमाउन विभिन्न युक्ति सोंच्ने दिमागहरु अब विकास र नयाँ प्रयोगको बारे
सोंचिरहेका छन् । सबै सम्पन्न छन् र सबै समान पनि । न्याय पैसाको तराजुमा जोखिएको छैन
न कर्मचारीहरु आफ्नो जिम्मेवारीबाट विमुख छन् । न कोही पैसाको अभावमा विदेश जान बाध्य
छ न त ऋणको फन्दामा परी आत्महत्या गर्ने प्रयासमै कोही देखिन्छ ।
यी माथिका
पंक्ति सोंच्दा आनन्द लाग्छ र अनौठो पनि । मनमा प्रश्न त उठ्यो होला कि कसैसंग पैसा
किन लिईंदैन ? जवाफ सरल छ, त्यो स्टोरले पनि सम्बन्धित डिस्ट्रिब्यूटरबाट सबै सामान
निशुल्क नै पाउँछ । त्यसैगरी डिस्ट्रिब्यूटरले आफ्नो उत्पादक कम्पनीबाट र उत्पादक कम्पनीले
पनि आफ्ना कर्मचारीलाई ज्याला दिनुपर्दैन । साथै ती कम्पनीले प्रयोग गर्ने उपकरणहरु
पनि नि:शुल्क नै प्राप्त गर्छन्। कर्मचारीले ज्याला लिन जरुरी पनि भएन किनभने कुनै
पनि उत्पादक कम्पनीबाट उत्पादित आवश्यक सामग्री नजिकको स्टोरबाट नि:शुल्क प्राप्त गर्न
सकिन्छ । छोटकारीमा भन्नु पर्दा सबैले इच्छाएको काम गर्छन् । तर पैसा कसैले लिंदैनन्
। अर्थात, सबैले आर्थिक लाभको लागि नभइ कामको लागि काम गर्छन् । प्रत्यक्ष रुपमा कोहि
पनि कसैसँग सामान वा सेवाको लागि न केहि लिन्छन् न त दिन्छन् ।
केहि लिन
र दिन नपरे मनिस काम गर्लान् त ? मस्लोको हाइरार्कियल सिद्धान्तलाई आधार मान्ने हो
भने काम गर्छन् । हुन पनि मानिस केहि न केहि गरेकै हुन्छ, कि सुत्छ, कि डुल्छ, कि खान्छ,
कि खेल्छ कि काम गर्छ, जब कही गर्छन् भने त्यसमा प्रतिस्प्रधा हुन्छ नै ।
उदाहरणको
लागि एउटै कार्यलयको एउटै शाखामा काम गर्ने र समान तलब बुझ्ने कर्मचारीबीच पनि प्रतिस्पर्धा
हुन्छ । यो प्रतिस्पर्धा पैसा धेरै कमाउन नभइ अघि बढ्नेबाटोको खोजीमा हुन्छ । किनभने
हाम्रो वास्तविक आवश्यकता पैसा होइन । यो आवश्यकता पूरा गर्ने माध्यम मात्र हो । मानिस
अघि बढ्न चाहन्छ, आफ्नो क्षमता अनुसार केही नयाँ गर्न इच्छा राख्छ, अरु भन्दा केही
भिन्न र माथि देखिन चाहन्छ । यसको लागि भए पनि मानिस नयाँ सोंचको साथ अगाडी आउने प्रयास
गरिरहन्छ । तब संसारमा व्यापार हैन नयाँ अनुसन्धान र प्रयोगहरु फस्टाउँछन । नयाँ प्रविधिहरुको
तिव्र गतिमा विकाश हुन्छ र विकाशको यो गति पैसाको उपस्थितीमा सम्भव छैन ।
पैसाको अनुपस्थितिमा
आवश्यक संसाधनको माग र आपूर्तिमा केहि समस्या देखिन सक्छ किनभने संसारको अर्थतंत्र
नै पैसाको जगमा अडेको छ । अधिकांश अर्थशास्त्रीहरुको सिद्घन्त पनि पैसा कै आधारमा बनेका
छन् । यस अवस्थामा सरकारले नै नेतृत्व लिई संसाधनको उचित अनगुमन र व्यवस्थापन गर्नु
उपयुक्त हुन्छ । पैसा नभएको अवस्थामा बजारको अवश्यकता र इच्छालाई नै बजारको माग मान्न सकिन्छ र सो अनुसार वितरण गर्न जरुरी
छ । तर हरेक संसाधन र सुविधाको एउटा मूल्य हुन्छ । यो बजारमा सबै निःशुल्क देखिए पनि
वास्तविकता भने त्यो होइन । हामीले दैनिक गर्ने काम नै यसको मुल्य हुन्छ । अतः यो वजार
मानिसको दैनिक गर्ने काममा निर्भर हुन्छ ।
पैसालाई मानव समाजमा देखा परेका अधिकांश समस्याको कारणको रुपमा लिन सकिन्छ । आज हामी ग्लेबल वार्मिङ्ग, असमानता, खाद्यान्न संकट, मानव तस्करी, अशिक्षा, गरिबी आदि जस्ता समस्याको समाधानका कुरा गर्छौं । यसको समधानको लागि आवश्यक इच्छा शक्ति, योजना, प्रविधि, जनशक्ति आदिको नभएको भने होईन । फेरि पनि दशकौं समय बितिसक्दा पनि समाधान हुन सकेको छैन । कारण हो, बजेट । कुनै पनि नयाँ काम वा सोंचलाई परिचालन गर्न हामीलाई बजेट कुर्नु पर्ने बाध्यता छ । पुर्वाधारले सुसज्जित राष्ट्र पनि यसैको कारण विकासमा पछि परेका छन् । पैसाले बजार व्यवस्थापन गर्न सहज पुर्याएको भए पनि यसको नकारात्माक असर हाम्रो समाजमा विकृतिको रुपमा देखापरिरहेका छ भने अर्थबजारमा यसको उचित व्यवस्थापन संधै एक ठूलो चुनौतिको रुपमा उभिइ रहेको छ । हामी अनौठो तन्त्रमा बाँचिरहेका छौं । वास्तवमै भन्दा बजारको व्यवस्थापनमा पैसाको आवश्यकता छैन फेरी पनि यसकै लागि अधिकांश जनशक्ति परिचालित छन् । अब पैसाको विदाइ गरी ती जनशक्तिलाई उत्पादनसंग जोड्न जरुरी छ । अनि मात्र उच्च विकास र सम्मृद्ध समाजको परिकल्पना साकार हुनसक्छ ।

Comments
Post a Comment